Comments Add Comment

पर्सामा दुई मोटरसाइकल ठोक्किए, १ को मृत्यु, १ घाइते

९ भदौ, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का १ व्यक्ति घाइते भएका छन् ।

जितपुरतर्फ जाँदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २२ प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा ठोक्किएर दुर्घटना भएको हो ।

आइतबार साढे ९ बजे भएको दुर्घटनामा पर्सागढी नगरपालिका–३ बस्ने ३८ वर्षीय बागबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

दुर्घटनामा घाइते लामालाई गण्डक अस्पताल वीरगञ्जमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल वीरगञ्ज ल्याइएको थियो । त्यहीँ उनको उपचारका क्रममा सोमबार बिहान पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

दुर्घटनामा पर्सागढी–४ का २७ वर्षीय रवि साह गम्भीर घाइते भएका छन् । उनको अहिले गण्डक अस्पताल, वीरगञ्जमा उपचार भइरहेको छ ।

काठ बरामद

त्यस्तै, प्रहरीले अवैध काठसहित १ साइकल नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रंगपुरटाँडीबाट खटिएको प्रहरी टोलीले पर्साको पटेर्वासुगौली गाउँपालिका-२ बाट अवैध काठ र साइकल नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको काठ र साइकल जिल्ला वन कार्यालय पर्सामा बुझाएको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment