+
+
Shares

रेल्वे स्टेशनमा धेरै युवतीसंग रोमान्स गरेको शाहरुखको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १५:२९

बलिउडमा बादशाह अर्थात शाहरुख खानको एउटा भिडियो यतिबेला निकै चर्चामा छ । उक्त भिडियोमा उनले भारतका विभिन्न रेल्वे स्टेशनमा थुप्रै युवतीहरुसंग रोमान्स गरेको चर्चा गरेका छन् । शाहरुखको उक्त कुरा सुनेर अधिकांशलाई ती युवतीहरु को होलान्, जसले शाहरुखसंग रेल्वे स्टेशनमै आएर रोमान्स गरे भन्ने कुराको कौतुलहता पैदा गराउन सक्छ ।

वास्तवमा उक्त भाइरल भइरहेको भिडियो मुम्बईको बान्द्रा स्टेशनको हो, जहाँ शाहरुख खान हुलाक टिकट सार्वजनिक गर्न गएका थिए । उक्त कार्यक्रमको भिडियो वेस्टर्न रेल्वेको आधिकारिक एकान्टबाट सार्वजनिक गरियो, जसमा शाहरुख खानले भनेका छन् ‘म यहाँ आउन पाउँदा निकै खुशी छु, किनभने मैले रेल्वे स्टेशनमा थुप्रै युवतीहरुसंग रोमान्स गरिसकेको छु, उनीहरुलाई धेरै नै प्रेम गरेको छु, केवल यही बान्द्रा स्टेशनमात्र बाँकी थियो, जहाँ म आएको थिइन, मलाई यहाँ आमन्त्रित गरिदिनु भएकोमा तपाईंहरुलाई हार्दिक धन्यवाद ।’

शाहरुख खानले अगाडि भनेका छन्-‘अब मैले यो स्टेशन देखें, अब म कुनै हिरोइनसंग कुरा गर्छु, त्यसपछि यहाँ पनि आउने-जाने क्रम जारी रहने छ ।’ बान्द्रा रेल्वे स्टेशनले १ सय ३० वर्ष पूरा गरेको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
अब शाहरुख खानको भनाइको अर्थ खोजौं । वास्तवमा शाहरुख खानले उक्त भिडियोमा आफ्नो अनस्क्रिन रोमान्स र प्रेमको कुरा गरेका हुन् । शाहरुखले अहिलेसम्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’, ‘वीर-जारा’, ‘चेन्नइ एक्सप्रेस’ जस्ता थुप्रै फिल्महरुमा रेल तथा रेल्वे स्टेशनहरुमै काम गरेका छन् । ती सबै फिल्मका अधिकांश रोमान्टिक दृश्यहरु रेल्वे स्टेशनमै छायांकन गरिएका छन् ।

अभिनयको कुरा गर्ने हो भने शाहरुख खान पछिल्लो पटक फिल्म ‘जीरो’ मा देखिएका थिए । उक्त फिल्मको प्रदर्शन राम्रो भएन, व्यवसायिक रुपमा असफल भयो । यद्यपि, उक्त फिल्मको शाहरुखको अभिनय तथा चरित्रले भने प्रशंसा पाएको थियो । पछिल्लो समय शाहरुख खानको प्रोडक्सनमा बनिरहेको वेब सिरिज

‘बार्ड अफ ब्लड’ २७ सेप्टेम्बरका दिन सार्वजनिक हुने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?