+
+

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ९ गते १८:४९

सिटिजन्स बैंक इन्टरनेसनलले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको संचालक समितीको ३०८ औं बैठकको निर्णय अनुसार नेपाल राष्ट्र बैंक तथा तेह्रौं वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि मात्र लागु हुने गरी बैंकले आफ्ना सम्पूर्ण शेयरधनी महानुभावहरुलाई आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने १ अर्ब ४५ लाख २७ हजार ७७३ नगद लाभांस र ३ प्रतिशतले हुने २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७५।७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधि भित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको बताएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?