Comments Add Comment

फेसबुकले ल्याउँदैछ नयाँ मेसेजिङ एप

सोसल मिडिया कम्पनी फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।

उक्त एपको नाम Threads हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम एपको रुपमा यो मेसेजिङ एपलाई फेसबुकले पेश गर्ने द भर्जमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।

थ्रेड एपलाई यस्तो प्रकारले डिजाइन गरिएकेा छ कि जसमा इन्स्टाग्राम प्रयोगकर्ताले आफ्ना क्लोज फ्रेण्ड लिस्टमा भएका मानिसहरुसँग आफ्नो लोकेसन, स्पीड तथा ब्याट्री लाइफ शेयर गर्नका लागि इन्भाइट गर्न सक्नेछन् ।

योसँगै इन्स्टाग्रामको क्रियटिभ टुल्सका माध्यमबाट आफै टेक्स्ट, फोटो तथा भिडियो मेसेज जस्ता सोसल मिडिया पोस्टहरु पनि शेयर गर्न सकिनेछ ।

यो एपको प्रयोग इन्स्टाग्रामका क्लोज फ्रेण्डका लागि गर्नका लागि डिजाइन गरिएको भएपनि अहिले यसको परीक्षण फेसबुकको प्लाटर्फममा भैरहेको छ । इन्स्टाग्रामका

लागि यो एप कहिले लञ्च हुने भन्ने आधिकारिक जानकारी फेसबुक दिएको छैन ।

स्मरण रहोस् गत जनवरी महिनामा फेसबुकले एक घोषणा गर्दै ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राम जस्ता सर्भिसहरुलाई मर्ज गर्ने योजना बनाइरहेको जनाएको थियो ।

यदि यसो भएमा प्रयोगकर्ताहरुले एक एपबाट अर्को एपमा स्विच नभईकनै एक अर्काका प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment