Comments Add Comment

प्रदेश ३ संसदबाट सूचनाको हक सम्बन्धी विधेयक पारित

शून्य समयमा सीमा विवाददेखि जनआन्दोलनसम्मका कुरा

११ भदौ, हेटौंडा । प्रदेश ३ कोे प्रदेशसभा बैठकले २ वटा विधेयक बहुमतले पारित गरेको छ । बैठकले प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था विधेयक-२०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण विधेयक २०७६ बहुमतले पारित गरेको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हक सम्बन्धी विधयेक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षण सम्बन्धी विधेयक पारित गर्न प्रस्ताब गरेका थिए ।

बैठकमा सूचनाको हक सम्बन्धी छलफलमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेलले सूचनाको हक सम्बन्धी ऐनलाई तत्काल व्यवहारिक र स्वार्थभन्दा पृथक राखेर सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको संवेदनशील बाहेकका सबै सूचनाहरु प्रवाह गरिने बताए ।

प्रदेशसभाका सदस्यहरुले सूचना हकलाई सर्वसाधारण नागरिकसम्म पहुँच पुर्‍याउन र आदिवासी जनजातिहरुको मातृ भाषामा बुझिने गरी सूचना प्रवाह गर्न कार्यदल बनाउनुपर्ने बताएका छन् ।

सभाको शून्य समयमा बोल्दै सदस्यहरुले प्रदेश सीमा समस्या समाधानदेखि जनआन्दोनका लडाकुलाई दिनुपर्ने सुबिधाका कुरा गरेका छन् ।

सभामा सत्तापक्ष सांसद प्रेमबहादुर पुलामीले प्रदेश ३ र प्रदेश २ को सिमामा जोडिएको जिल्लाहरुको सिमानामा दुबै प्रदेशका सरकारहरुको सहमतिमा सिमाना कायम गरी जनतालाई उद्योगहरु संचालन गर्न दिनुपर्ने बताए ।

सत्तापक्षसंसद ओम ग्लानले जनआन्दोलनका योद्धाहरूलाई परिचयपत्र वितरण गर्न माग गरेका छन् । पूर्वलडाकुहरूको योगदानले मुलुकमा गणतन्त्र सम्भव भएको भन्दै परिवर्तन पछि योद्धाहरुको बेवास्ता गरीएको भन्दै परिचयपत्र बितरण आवश्यक रहेको बताए ।

कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले राजमार्गलाई सुरक्षित बनाउन माग गर्दै जनताको जीउधनप्रति सरकार गम्भीर हुनु पर्ने बताए ।

नेकपाका सांसद दीपक निरौलाले सरकारले एकीकृत कार्यालय खोल्ने नीति कार्यक्रममा उल्लेख भएता पनि अहिलेसम्म खोल्न नसकेको प्रति सरकारको ध्यानाकर्षण गराए थिए ।

विवेकशीलका सांसद विराजभक्त श्रेष्ठले काठमाडौंको ट्राफिक जामप्रति सरकार गम्भीर हुन ध्यानाकर्षण गराए । उनले सडकमा ट्राफिक लाइट र जेब्राक्रसिङ निर्माण गर्न सरकारसँग माग गदै प्रदेशमा नयाँ सवारी साधन दर्ता नगर्न समेत सरकारलाई सुझाब दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment