Comments Add Comment

टाटा मोटर्सको ‘द टाटा मोटर्स इम्पेर्र प्रोगाम’

टाटा मोटर्स नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नेपालको एक मात्र लोयल्टी प्रोग्राम, कमर्सियल गाडी इन्डस्टि्रको लागि ‘द टाटा मोटर्स इम्पेर्र प्रोगाम’को उद्घाटन गरेको छ ।

यो कार्यक्रम टाटा मोटर्सको सम्पूर्ण कमर्सियल गाडीहरुको लागि हो, जसले नयाँ तथा पुरानो दुबै खरिदकर्तालाई समावेश गर्छ । यो कार्यक्रमले कम्पनीको विशेष ग्राहकलाई सम्मान गर्दै ती ग्राहकहरुलाई रिवार्ड प्वाइट प्रदान गर्दछ ।

कार्यक्रममा नयाँ तथा पुरानो र पार्टपुर्जा, सर्भिस, गाडीको रिकन्स्ट्रक्सन तथा वाषिर्क मर्मत कन्ट्रयाक्ट खरिदकर्तालाई प्रदान गरिने छ ।

ग्राहक वर्गहरुलाई सम्मान गर्दै, एक उत्कृष्ट सेवा सुविधा दिई टाटा मोटर्सको खरिद तथा मर्मत प्रक्रियालाई अविस्मरणीय बनाउने उदेश्यले यो लोयल्टी प्रोग्राम सुरु गरिएको हो ।

यो प्रोग्रामले व्यापारको बढावा दिने मात्र नभई ग्राहकहरुको लागि अरु सुविधाहरु पनि प्रदान गर्छ जस्तै टाटा मोटर्सको ˆयाक्ट्री निरिक्षण तथा प्रदर्शनीमा समावेश पनि गराउँछ ।

उक्त समारोहमा टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख श्री रुद्ररुप मैत्राले बोल्दै यस्ता किसिमका कार्यक्रमले नेपाली कमर्सियल गाडी इन्डस्टि्रमा हाम्रो र ग्राहक वर्गको सम्वन्धलाई सुमधुर बनाई सम्पूर्ण व्यवसायलाई नै नयाँ उचाईमा पुराउने विश्वास व्यक्त गरेको छ ।

यो लोयल्टी प्रोगामलाई ग्राहक महानुभावले रुचाई दिनु भएकोमा आभार व्यक्त गर्दै यस किसिमको कार्यक्रम नेपाली इन्डस्टि्रको लागि नयाँ बेन्च मार्क हुने उनले बताए ।

त्यसैगरी उक्त समारोहमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले ग्राहकवर्गको पहिलो रोजाइ बन्ने लक्ष्यसँगै टाटा मोटर्ससँगको सहकार्यलाई अझ प्रगाड र बलियो बनाउने उदेश्य व्यक्त गरे ।

टाटा मोटर्स इमपेर्र एक लोयल्टी प्रोग्राम मात्र नभएर टाटा मोटर्सको उच्चस्तरीय सेवा सुविधा प्रस्तुत गरि ग्राहकवर्गहरुलाई आˆनो इच्छा आकांक्षा पछ्याउने प्रेरणा मिल्ने विश्वास राणाले लिए ।

ग्राहकवर्गहरुले एकपटक आवश्यक नामांकन प्रकि्रया पूरा गरेपछि प्रोग्राम सदस्यता कार्ड प्रदान गरिनेछ । उक्त सदस्यता कार्ड नेपाल भरिका सबै टाटा मोटर्स सञ्जालहरुमा ५ वर्ष सम्म मान्य रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment