Comments Add Comment

सुडान घोटाला प्रकरण : ठेकदार शम्भु भारती पक्राउ

१३ भदौ, काठमाडौं । चर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान व्युरो (सीर्आइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रामदत्त जोशीले भारतीलाई पक्राउ गरेको पुष्टि गरे ।

उनले अनलाइखबरसँग भने, ‘नियन्त्रणमा लिइएका भारतीलाई फैसला कार्यान्वयनका लागि आजै सर्वोच्चमा बुझाउँदै छौं ।’

सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख विगो र जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो । भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका  सञ्चालक थिए ।

यही कम्पनीबाट खरिद भएको सामानमा अनियमितता भएको सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment