Comments Add Comment

चिदम्बरम अझै केही दिन हिरासतमा रहने

काठमाडौं । भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम २ सेप्टेम्बरसम्म सीबीआईको हिरासतमा रहने भएका छन् ।

यसअघि २६ अगष्टसम्म रहेको उनलाई हिरासतमा राख्ने समय ३० अगष्टसम्म लम्ब्याइएको थियो । कांग्रेस नेता चिदम्बरम २१ अगष्टमा भ्रष्टाचारको मुद्दामा पक्राउ गरेका थिए ।

के हो आरोप ?

सीबीआईले मिडिया कम्पनी आईएनएक्स मिडियाको विरुद्ध उनीमाथि मुद्दा दायर गरेको थियो ।  चिदम्बरम यूपीए–१ (गठबन्धनको पहिलो सरकार) मा अर्थमन्त्री भएको समयमा आईएनएक्सलाई ३ सय ५ करोड लगानी गर्न अनुमति दिएको थियो । विदेश लगानी प्रमोशन बोर्ड (एफआईपीबी)लाई लगानी गर्न स्वीकृति दिएर अनियमितता गरेको आरोप अहिले चिदम्बरमलाई लागेको छ ।

आईएनएक्स कम्पनीका मालिक थिए इन्द्राणी र पिटर मुखर्जी । यी दम्पती छोरी शीना बोराको हत्याको अभियुक्त थिए र अहिले जेलमा छन् । इन्द्राणीले यो स्वीकार गर्ने निर्णय गरिन् कि कानुनी सजायबाट उम्कन पी चिदम्बरमलाई घुस दिएका थिए । जुन रकम चिदम्बरमको छोरा कार्तिलाई दिइयो, त्यो १० लाख थियो ।

यति मात्र होइन, २००६ एयरसेल म्याक्सिस सम्झौतामा चिदम्बरमकोविरुद्ध त्यस्तै आरोप लगाइएको छ । यो सम्झौतासँग जोडिएको घटनामा अहिले अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment