+
+

पूर्वमन्त्री गणेश नेपालीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १३ गते २०:१५

१३ भदौ, जनकपुरधाम । पूर्वमन्त्री गणेश नेपालीको शुक्रबार साँझ निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी ७६ बर्षका थिए ।

२०६६ सालमा तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीबाट उनी युवा तथा खेलकुद मन्त्री बनेका थिए । उनी हाल राजपाका केन्द्रीय सदस्य पदमा थिए ।
महोत्तरी सदरमुकाम जलेश्वर २ निवासी उनको आफ्नै घरमा निधन भएको हो ।

लामो समय नेपाली कांग्रेसबाट राजनीति गरेका उनी पञ्चायतकालमा कांग्रेसका जिल्ला अध्यक्ष थिए । त्यही समय उनकी पत्नी महिला संघको र छोरा बजरंग नेविसंघको जिल्ला अध्यक्ष रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?