Comments Add Comment

फेयरफिल्ड मेरियटमा पाकिस्तानी फूड फेस्टिलबल

१३ भदौं, काठमाडौं । काठमाडौंको ठमेलस्थित फेयरफिल्ड ठमेलमा पाकिस्तानी फूड फेस्टिबल शुरु भएको छ । फेयरफिल्ड मेरियटमा बिहीबार (अगस्ट २९) देखि फूड फेस्टिबल शुरु भएको हो ।

१० दिनसम्म चल्ने फेस्टिबल उद्घाटन शत्रमा जीवन्त संगितका साथमा विशिष्ठ पाहुनाहरुले स्वादिस्ट खानाको स्वाद लिएका थिए । फेस्टीबलको उद्घाटन नेपाल–पाकिस्तान फ्रेण्डसीप एण्ड कल्चरल एशोसिएसनका प्रमुख हिमालय समसेर जबराले गरेका थिए ।

जाएका–ए–पाकिस्तान नामक फेस्टिबल सेप्टेम्बर ७ सम्म चल्नेछ । इश्लामाबादबाट आएका प्रख्यात शेफ कमर र शेफ इरफानले विशेष गरी तयार परेका खानाका परिकारहरु हुनेछन् ।

नेपालका लागि पाकिस्तानी राजदूत मज्हर जावेद लगायतका कार्यक्रममा उपस्थित अतिथीहरुलाई विश्व नेपालीले लाइभ म्यूजिक प्रस्तुत गरेका थिए ।

फेयरफिल्ड म्यारियट काठमाडौंको पाहुनाको सेवा सुविधामा केन्द्रित रहेको एक चर्चित होटल हो । सन्तुलित र आरामदायी बसाइका लागि समेत यो होटल पाहुनाहरुको रोजाईमा पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment