Comments Add Comment

दुर्घटनाबाट बच्यो सीता एयरको जहाज

एउटा इन्जिन फेल भए पनि सुरक्षित अवतरण

Photo Credit : अनलाइनखबर फाइल

१८ भदौ, काठमाडौं । लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ ।

बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । तर चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको कम्पनीले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार बुधबार बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक अवतरण गरेको हो ।

कम्पनीकाअनुसार जहाजमा यात्रु भने थिएनन् । सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको ट्विटमार्फत जानकारी गराएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि आगामी उडान निश्चित गरिने उनले जानकारी दिएका छन् । सीता एयरले पहाडी र हिमाली भेगका साना विमानस्थलमा उडान गर्दै आएको छ । त्यसमध्ये लुक्ला मूख्य विमानस्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment