+
+
Shares

यौन हिंसाका कारण आत्महत्या गर्न लागेकी युवतीको उद्दार

प्रहरीसँग समन्वय गर्न मान्दैन परिवार

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते २१:२७

१७ भदौ, काठमाडाैं । फेसबुकमा लाइभ भिडियो प्रशारण गरेर आत्महत्या गर्न लागेकी एक युवतीको उद्दार गरिएको छ ।

भिडियो देखेपछि तराई मधेश राष्ट्रिय परिषद् अभियानका सदस्य राहुल राजको समन्वयमा युवतीको उद्दार गरिएको हो ।

अभियानका सरोज रायका अनुसार महोत्तरीकी पीडित किशोरीले सिन्धुलीमा पुगेर उक्त भिडियो प्रशारण गरेकी थिइन् । पोखरामा रहेका राहुले भिडियो देखेलगत्तै युवतीको फोन नम्बर पत्ता लगाएर काउन्सिलिङ गरिएको थियो । ‘काउन्सिलिङपछि त्यहीँ एक जना महिलाको घरमा राखेर बिहान परिवारको जिम्मा लगाइएको छ’, सरोजले अनलाइनखबरसँग भने ।

अश्लिल तस्वीर खिचेर यौन शोषण गरेको आरोप

भिडियोमा युवतीले कक्षा १० मा पढ्दा सरोज कामती नामक युवकले जबरजस्ती शारीरिक सम्बन्ध राखेर अश्लिल तस्वीर खिचेको जनाएकी छन् ।

त्यही तस्वीरका आधारमा अहिलेसम्म ब्ल्याकमेल गरेर यौन शोषण गर्दै आएको उनको दाबी छ । ‘योबीचमा मलाई जबरजस्ती गर्दा पनि मेरो धेरै खराब फोटो तानेर राखेको थियो’, उनले भनेकी छन्, ‘काठमाडौंमा रहेको उसको कोठामा भेट्न नगए सबै फोटो पोष्ट गरिदिन्छु भनेको थियो ।’

पछिल्लो पटक भनेको ठाउँमा नपुग्दा कामतीले परिवारका सदस्यलाई अश्लिल तस्वीर पठाइदिएको युवतीको भनाइ छ । ‘९८… र ९८…बाट फोन गरेर परिवारलाई पनि उसले डराउने र धम्क्याउने गर्न थालेको थियो’, उनले अगाडि भनेकी छिन् ।

काठमाडौंमा बसेर नर्सिङको तयारी गरिरहेकी उनले दाजुलाई पनि यसबारे जानकारी गराएको बताएकी छन् । तर, उल्टै दाजुबाट पनि यौन दुव्र्यवहारको शिकार भएको दाबी गरेकी छन् ।

उजुरीविना अनुसन्धान गर्न मिल्दैनः प्रहरी

पीडित युवतीले आत्महत्या गर्न लागेको भन्दै लाइभ गरेको भिडियोमा आफ्नो मृत्युको जिम्मेवार कामतीसँगै दाजु पनि हुने बताएकी थिइन् । तर, परिवारको जिम्मा लगाएलगत्तै उनी मौन बसेकी छन् ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी भन्छन्, ‘हामीले घटनाबारे थाहा पाएपछि परिवारसँग भेट्ने कोशिश गरेका थियौं, तर उहाँहरुले भेट्न मान्नु भएन ।’

पटकपटक फोन गर्दा पनि पीडितसँग कुरा गर्न नदिइएको अधिकारीले बताए । पीडित वा परिवारको किटानी जाहेरीविना प्रहरीले अनुसन्धान गर्न नसकिने जनाएको छ ।

घटनाको विषयमा मानवअधिकारकर्मीले पनि चासो देखाएका छन् । तर, पीडितलाई परिवारले साथ नदिँदा अफ्ठ्यारो भएको अभियन्ता सरोज बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?