Comments Add Comment

शुक्रबारदेखि ह्यात होटलमा सीचुआँ फूड फेस्टिवल

३० साउन, काठमाडौं । काठमाडौंको ह्यात होटलमा शुक्रबारदेखि सीचुआँ फूड फेस्टिबल आयोजना हुने भएको छ । शुक्रबारदेखि शुरु हुने फेस्टिबल आगामी अगस्ट २५ सम्म सञ्चालन हुने बताइएको छ ।

चिनियाँ खानामा १३ वर्ष भन्दा बढी अनुभव भएका सेफ यमबहादुर क्षेत्रीले सीचुआँनी खानाको परिकारहरु बनाउनेछन् । सीचुआँन खाना विश्वमा लोकप्रीय खाना मध्येमा पर्छ ।

१० दिनसम्म चल्ले फेस्टिबलमा विभिन्न किसिमका परिकारहरुको स्वाद लिन सकिनेछ । टमाटर र अण्डाड्रप सूप, चिनियाँ सलाद, चिकेनको विशेष परिकार, लसुन चाउँचाउँ लगायतका परिकारहरुको स्वाद लिन सकिने बताइएको छ ।

फेस्टिबल बुधबार १६ अगस्टदेखि २५ अगस्टसम्म साझ ६ः३० देखि १० बजेसम्म सञ्चालन हुनेछ । फेस्टिबलमा स्वाद लिन चाहनेहरुका लागि २ हजार २ सय रुपैयाँ (कर बाहेक) रकम लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment