Comments Add Comment

प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल सिंगापुर जाने

१६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् ।

दुबै नेता सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ जान लागेका हुन् । भोलि १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

ली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment