+
+
Shares

सिंगापुरमा वामदेवको खोजी, प्रधानमन्त्री भेट्न आज जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते ९:३१

१८ भदौ, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । मंगलवार जाने कार्यक्रम रद्द गरेर बसेका गौतम प्रधामन्त्रीकै इच्छा अनुसार आज अपराह्न त्यसतर्फ जान लागेका हुन् ।

यसअघि गौतम र महासचिव विष्णु पौडेल सँगै जाने कार्यक्रम थियो । गौतमले अन्तिममा आएर भीडभाड गर्न किन जाने भनेर रद्द गरेका थिए । तर, पौडेल पुगेपछि प्रधामन्त्रीलेनै गौतमको खोजी गरेको र फोन गरेरै आइदिए हुन्थ्यो भन्ने चाहेपछि रातारात टिकट मिलाएर जान लागिएको स्रोतले जनाएको छ ।

गौतम अपराह्न १ बजे सिल्क एयरबाट सिंगापुर जान लागेको उनीनिकट प्रेस संगठनका नेता विश्वमणि सुवेदीले बताए ।

प्रधानमन्त्रीको मिर्गौलामा बढेको एन्टीबडीको मात्रा घटाउन प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार भइरहेको छ । यसअन्तर्गत आज अन्तिम चरणको उपचार हुँदैछ । यो उपचार सकिएपछि प्रधानमन्त्रीसँगै उपाध्यक्ष गौतम र महासचिव पौडेल पनि फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?