+
+
Shares

गाईगोरुको मृत्युबारे प्रधानमन्त्री ओलीको चासो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते २१:०६

१७ भदौ, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले गाईगोरुको मृत्युबारे चासो व्यक्त गरेका छन् ।

मंगलबार मन्त्रिपरिषद्का सदस्यहरुसँग भिडियो कन्फरेन्सबाट कुराकानी गरेका प्रधानमन्त्री ओलीले सुर्खेत घटनाबारे चासो व्यक्त गरेका हुन् । जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले घटनाबारे बि्रफिङ गर्दै छानविन सुरु भइसकेको बताएका छन् ।

‘प्रधानमन्त्रीले छानविनलाई तीव्रता दिन र त्यसमा जो सुकै संलगनहरुलाई कारबाही गर्न निर्देशन दिनु भएको छ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भनेका छन् ।

दैलेखको शिरस्थान धार्मिक क्षेत्रका लागि भन्दै पठाइएका २ सय ९० गाईगोरु तथा बाच्छाबाच्छीमध्ये २४ वटा सुर्खेतको कटकुवा जंगलमा मृत अवस्थामा भेटिएका थिए । अरु १४४ वटा गाईगोरु पनि त्यहीँ अलपत्र छाडिएको थियो ।

गृहमन्त्रीले चिनियाँ हृयाकरहरुले नेपाली बैंकको एटीएम हृयाक गरेर रकम चोरी गरेको र त्यसमा संलग्नहरुलाई पक्राउ गर्न सरकार सफल भएको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

दोस्रो पटक भिडियो कन्फरेन्स

प्रधानमन्त्री ओली उपचारका क्रममा सिंगापुर छन् । उनले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए । यो भिडियो कन्फरेन्सलाई प्रधानमन्त्री ओली र उनका सल्लाहकार विष्णु रिमालले ‘मन्त्रिपरिषद बैठक’ भनेपछि वैधानिकतामा प्रश्नमात्र उठेन, संसदमा समेत सरकारको आलोचना भएको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो ।तर, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री बास्कोटाले यो बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ मात्र भनेका थिए ।

प्रधानमन्त्री ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।त्यसक्रममा मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?