Comments Add Comment

डल्ले रेष्टुरेन्टको फ्रेन्चाइजी खिचापोखरीमा

१५ भदौ, काठमाडौं । नेपालको फुड चेन डल्ले रेष्टुरेन्टको फ्रेन्चाइजी काठमाडौंको खिचापोखरीमा बिस्तार भएको छ । यसअघि काठमाडौंका विभिन्न ९ स्थानमा यस रेष्टुरेन्टले आफ्नो शाखा बिस्तार गरिसकेको छ । यो १० औं शाखा हो ।

नेपाली स्वादलाई मेन्यु बनाएर एउटै स्वाद र ब्रान्डमा सबै तिर विस्तार हुने लक्ष्यसहित स्थापना भएको डल्लेको खिचापोखरीको चेन आजबाट सञ्चालन भएको छ ।

रेष्टुरेन्टमा एक करोड लगानी गरिएको प्रबन्ध निर्देशक दिनेश बोगटीले जानकारी दिए । एउटै स्वाद र विश्वासिलो ब्रान्डमा ग्राहकलाई सेवा दिनका लागि रेष्टुरेन्ट खोलिएको उनको भनाइ छ ।

रेष्टुरेन्टमा एकैपटक ६० जनालाई सेवा दिने सकिने क्षमता रहेको छ । डल्लेका कुनै पनि चेनमा जाने खानाको परिकार एउटै किचेनमा तयार हुन्छ ।

डल्लेको सेन्ट्रल किचेनमा तयार हुने बोगटीले जानकारी दिए । यसबाट स्वाद र पौष्टिकतामा एकरुपता आउने उनको उनको भनाइ छ । रेष्टुरेन्टमा बन्ने अधिकांस परिकारका लागि मासु तथा सागपात नेपाली नै प्रयोग गर्दै आएको बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment