Comments Add Comment

विश्वकप छनोट खेल्न नेपाली फुटबल टिम कुवेत प्रस्थान

१५ भदौ, काठमाडौं । विश्वकप फुटबलको दोस्रो चरणको अवे खेल खेल्न नेपाली फुटबल टिम आइतबार विहान कुवेत प्रस्थान गरेको छ ।

दोस्रो चरणको छनोटका लागि नेपालले भदौ १९ गते कुवेतसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

करिब चार महिनाअघि नेपालले कुवेतसँग उसैको भूमिमा दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमध्ये एक खेल बराबरीमा टुंगिएको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो ।

विश्वकप फुटबलको दोस्रो चरणमा नेपाल रहेको समूह ‘बी’ मा अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपे र कुवेत छन् । नेपालले आफ्नो दोस्रो खेल चाइनिज ताइपेविरुद्ध उसैको भूमिमा भदौ २४ गते खेल्दैछ । यी देशले एक अर्काविरुद्ध होम एण्ड अवे खेल खेल्नेछन् । उत्कृष्ट टिम विश्वकप फुटबल २०२२ को छनोटको फाइनल खेल खेल्नेछ ।

कुवेत जाने नेपाली फुटबल टिम

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, सुमन अर्याल, अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, रजिन धिमाल ।

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, अञ्जन विष्ट, हेमन गुरुङ, तेज तामाङ, रोहित चन्द र रवि पासवान ।

फरवार्ड : विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिषेक रिजाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment