Comments Add Comment

साग भलिबलका लागि १८ खेलाडी छनोट

१५ भदाै, काठमाडाैं । १३ औं साग भलिबलका लागि पहिलो चरणमा १८ खेलाडी छनोट भएका छन् । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १८ जना छनोट गरिएको नेपाल भलिबल संघले जनाएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानेर १३ औं दक्षिण एशियाली खेलकुदका लागि २५ खेलाडी छनौट गरिएको थियो । प्रारम्भिक चरणमा केही नियमित खेलाडीहरु टिममा पर्न असफल भएका थिए ।

भलिवल संघका अनुसार प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरुणा शाही र जानकी भम्गारी टोलीमा परेका छन् । यस्तै कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ्ग, सोफिया पुन, उषा बिष्ट, सुनिता खड्का, हिरा के.सी. छन् ।

लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कुँवर मगर, पुष्पा शाही, सरस्वती कटेल, चन्द्रकला खरेल बाहिरिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment