Comments Add Comment

विश्वविद्यालयमा भागबण्डा भए पदाधिकारीलाई प्रवेश निषेध गर्ने नेविसंघको चेतावनी

१५ भदौ, काठमाडौं । विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा खबरदारी र्‍याली गरेको छ ।

माइतीघरबाट बानेश्वरसम्मको र्‍यालीका सहभागीले विश्वविद्यालयमा राजनीतिक भागबण्डाबाट पदाधिकारी नियुक्ति भए उनीहरुलाई प्रवेश निषेध गर्ने बताए ।

नेविसंघको नेतृत्व विघटन भएकाले अहिले केही नेताले संयोजन गर्दै कार्यक्रम गर्ने गरेका छन् । कार्यक्रमको संयोजन गरेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले सभालाई सम्बोधन गर्दै, नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलीय भागबन्डा नरोकिए नेबिसंघ कडा संघर्षमा उत्रने चेतावनी दिए ।

नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले नैबिसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आह्वान गर्दै, भागबण्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए ।

विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा रोक्न नेविसंघ खबरदारीमा उत्रिएका नेविसघका त्रिभुवन विश्वविद्यालय सभापति हरि आचार्यले बताए । उनले सरकारले राजनीतिक ढंगले नियुक्ति गरेमा उनीहरुलाई विश्वविद्यालय प्रवेश गर्न नदिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment