Comments Add Comment

सागको लागि २० टेबलटेनिस खेलाडीको प्रारम्भिक छनोट

१५ भदौ, काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २० टेबलटेनिस खेलाडी प्रारम्भिक छनोटमा परेका छन् ।

अखिल नेपाल टेबल टेनिस संघले आइतबार महिला–पुरुष १०–१० गरी २० खेलाडी छनोट गरेको हो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छनोट प्रतियोगिताबाट पुरुषमा नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र विनेश खनिया, एपीएफका पुरुषोत्तम वज्राचार्य, शिवसुन्दर गोथे र सम्योग कपाली, प्रहरीका प्रदीप रोका र चन्दन शाही, नेपाली सेनाका कृष्ण थापा मगर, प्रहरीका सुनिल महर्जन तथा सेनाका मणिकुमार लामा छनोट भए ।

महिलामा प्रहरीकी नविता श्रेष्ठ, सेनाका स्वेच्छा नेम्वाङ, रविना महर्जन र दीक्षा तामाङ, प्रहरीकी एलिना महर्जन, एपीएफकी सेलिशा खड्गी, प्रहरीकी सोनु थापा मगर, एपीएफकी सिक्का सुवाल, प्रदेश १ की गीता भुजेल र आर्मीकी दीक्षा दाहाल छानिए ।

संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले सागमा पुरुष÷महिलामा समान ५–५ गरी १० खेलाडीले सहभागिताको अवसर पाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment