Comments Add Comment

२०२० मा सर्यो हङकङमा हुने ‘एभरेष्ट फिल्म अवार्ड’

सन् २०१९ मा आयोजना हुने भनिएको ‘एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ सन् २०२० मा सरेको छ । अब, यो अवार्ड सन् २०२ मेको २४ तारिखमा आयोजना हुने भएको छ । अवार्ड आयोजक संस्था एभरेष्ट इन्टरटेन्मेन्टका प्रमुख लोकराज लिम्बुले हङकङमा चलिरहेको आन्दोलनका कारण अवार्डको लागि हल र मिति तय गरेपनि स्थगित गर्नुपरेको बताए ।

उनले भने–‘हामीले बारम्बार अवार्डका लागि मिति तय गरेका थियौं । तर, हङकङमा भैरहेको आन्दोलन रोकिनु छनक देखिएको छैन । यहीकारणले पनि हामीले अर्को बर्ष अवार्ड गर्ने निधो गरेका हौं ।’

अवार्डको नेपाल संयोजनको जिम्मा लिएको संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले भने–‘हामीले अब अवार्डमा सन् २०१८ र सन् २०१९ मा रिलिज भएका चलचित्रलाई समावेश गरेर २ बर्षको अवार्ड वितरण गर्नेछौ ।’ उनका अनुसार, सन् २०१८ का विजेता नेपालमै घोषणा गरेर हङकङ लैजाने तयारी गरिएको छ । यस्तै, सन् २०१९ का चलचित्रमध्ये उत्कृष्ट ३ विधामा पर्ने चलचित्रकर्मीलाई अवार्डमा सहभागी गराइनेछ ।

अवार्डको जुरी संयोजकको रुपमा कलाकार सुनिल थापा छन् । यस्तै, अन्य जुरी सदस्यहरुमा गौरीशंकर धुँजु, विजयरत्न तुलाधर, मनोज केसी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment