Comments Add Comment

बच्चालाई कति समयसम्म स्तनपान गराउने ?

एक महिला जब आमा बन्छिन्, उनले संसारको सम्पूर्ण खुशी पाएको अनुभव गर्छिन् । आफ्नो बच्चालाई जब उनले छातिमा टाँसेर स्तनपान गराउँछिन्, त्यो क्षण उनको जीवनको अति नै महत्वपूर्ण क्षण बन्छ ।

त्यो केवल स्तनपान मात्र होइन, त्यसले आमा र बच्चाबीचको प्रेम र ममतालाई प्रगाढ पार्ने काम गर्छ । महिलाले बच्चालाई स्तनपान गराउँदा ममतामयी आनन्दको अनुभव गर्छिन् । तर आमाहरुलाई बच्चालाई कति समयसम्म स्तनपान गराउने भन्नेबारे थाहा नहुन सक्छ । बच्चालाई स्तनपान गराउन कतिको आवश्यक छ, कति र किन गराउने भन्नेबारे पूर्ण जानकारी लिएपछि मात्र बच्चालाई कहिलेसम्म स्तनपान गराउने भन्ने कुरा थाहा हुन्छ ।

बच्चाको शुरुआती दिनले नै उनीहरुको भविष्यका दिनहरु बनाउँछ । भविष्यका रोगहरुबाट बचाउँछ, उनीहरुको इम्यून सिस्टमलाई विकसित गर्छ । त्यसैले बाल्यवस्थामा उनीहरुको खानपानलाई विशेष ध्यान दिनु आवश्यक छ । विशेष गरेर स्तनपानको बारेमा ध्यान दिनु अति नै आवश्यक छ ।

स्तनपान नगराउनु अथवा छिट्टो स्तनपान गर्नबाट रोक्नुले बच्चा र आमा दुवैमा नराम्रो असर पर्न सक्छ । बच्चा जन्मनासाथ स्तनबाट निस्कने दूध एन्टीबायोटिकले भरिपूर्ण हुन्छ, जुन नवजात शिशुको विकास र रोग प्रतिरोधक क्षमता बढाउनका लागि महत्वपूर्ण हुन्छ ।

यसको साथै उक्त दूधले विभिन्न भाइरससँग लड्नुको साथै ब्याक्टिरियल इन्फेक्सनबाट पनि बचाउँछ । स्तनपान गर्दा भिटामिन, मिनरल, प्रोटिनको सन्तुलित मात्रामा प्राप्त हुन्छ र यसले बढ्ने शिशुको आवश्यकतालाई पूरा गर्न सहयोग पुर्‍याउँछ ।

यसले शिशुको काम, साससम्बन्धी, झाडापखाला र अन्य प्रकारका इन्फेक्सनहरुबाट बचाउँछ । आमाको दूधमा आवश्यक फ्याटी एसिड हुन्छ, जसले बच्चाको मानसिक क्षमताको विकास गर्छ । स्तनपान गर्ने बच्चाहरुमा मोटोपनको समस्या हुँदैन । विश्व संगठनको अनुसार बच्चालाई पहिलो ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्छ । ६ महिनापछि स्तनपानसंग अन्य आवश्यक खाद्य पदार्थ खान दिनु पर्छ । विश्व संगठनका अनुसार बच्चालाई दुई वर्षसम्म स्तनपान गराउनु उपयुक्त हुन्छ ।

त्यसैले जुन आमाले आफ्ना बच्चालाई ६ महिनापछि पनि स्तनपान गराउन चाहन्छिन्, उनले निश्चित भएर स्तनपान गराउन सक्छिन् । स्तनपान गराउनाले आमा र बच्चाको स्वास्थ्य राम्रो र फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment