Comments Add Comment

सर्वोच्चको आदेशमा छुटेका पत्रकार ओम हमाल फेरि पक्राउ

१७ भदौ, काठमाडौं । सर्वोच्च अदालतको आदेशमा रिहा भएका पत्रकार ओम हमाल अदालतको गेटबाटै पक्राउ परेका छन् । विप्लव समूहको कार्यकर्ता भएको आरोपमा प्रहरीले भदौ ६ गते उनलाई कास्कीको सिसुवाबाट पक्राउ गरेको थियो ।

उनलाई रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशमा रिहा हुनेवित्तिकै प्रहरीले उनलाई सर्वोच्चको गेट नजिकैबाट पक्राउ गरेको हो ।

नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य हमाल जनसञ्चार डटकम अनलाइनका सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment