+
+
Shares

भ्रातृ संगठनको म्याद ६ महिना थप्ने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते २३:३१

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठनहरुको म्याद ६ महिना थप गरेको छ । यो अवधिमा वर्तमान कार्यसमिति अधिवेशन तयारी समितिका रुपमा रहनेछन् र ६ महिनाभित्र अधिवेशन गरिसक्नु पर्नेछ ।

मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अधिवेशन गर्न नसकेका भ्रातृ संगठनहरुको कार्यकाल छ महिना थप गर्ने निर्णय गरेको छ ।

साथै भ्रातृ संगठनहरुको मापदण्ड बनाउन एनपी साउदको नेतृत्वमा ७ सदस्यीय समिति बनेको छ ।

बैठकले प्रवास सम्पर्क समितिहरुको म्याद पनि ६ महिना नै थप गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?