+
+
Shares

सुर्खेतमा नियोजित रुपमा गौहत्या गरिएको हो : कांग्रेस सांसद

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १४:१९

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसदले नेपालगञ्जबाट लगिएका गाई सुर्खेतमा मृत भेटिएको घटना गौहत्या हो भन्दै यसमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद डिला संग्रौला पन्तले गाईलाई नियोजित रुपमा भीरबाट खसालेर मारिएको भन्दै गौहत्या भएको आरोप लगाएकी हुन् ।

‘यस्ता घटना घटाएर जघन्य अपराध नगर्नेलाई आजसम्म किन कारबाही गरिएको छैन ?’ उनले प्रश्न गरिन् ‘नेपालमा यसरी नै गौहत्या बर्जित हुँदा पनि यो घटना घट्दै जानु अत्यन्त निन्दनीय छ ।’

पशु अधिकारको दृष्टिले पनि उक्त घटना निन्दनीय भन्दै सांसद पन्तले सरकारले गठन गरेको छानबिन समिति के गर्दैछ भन्ने प्रश्न गरिन् । ‘सरकारले उक्त घटनाको सन्दर्भमा छानविन समिति गठन गरेको छ, छानबिन समिति के गर्दैछ’ उनले भनिन् ‘थामथुम गर्ने समिति गठन गर्ने तर दोषीलाई कडा कारबाही नहुने हो भने अर्को धार्मिक आन्दोलन, अर्को साँस्कृतिक आन्दोलन जान सक्छ, यो कुरालाई पनि विचार गरियोस् ।’

सांसद पन्तले खोटाङको दिक्तेल नगरपालिकामा कुकुर मारिएको घटनाको पनि विरोध गरेकी छन् । उनले पशुअधिकारवादीको कुरा सुनेर कुकुर मार्ने काम बन्द गर्न आग्रह गरेकी छन् ।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाबाट दैलेखको शिरस्थानतर्फ लगिएको गाईमध्ये २४ वटा सुर्खेतको सानो ब्युरेनी र कटकुवामा मृत भेटिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?