Comments Add Comment

एन्फाले गर्‍यो मोफसलका फुटबल प्रतियोगिताको वर्गीकरण

१८ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने फुटबल प्रतियोगितालाई तीन भागमा वर्गीकरण गरेको छ ।

एन्फाले भदौ १८ गते बुधबार ‘मोफसल फुटबल प्रतियोगिता नियमन नियमावली–२०७६’ जारी गर्दै मोफसल फुटबल प्रतियोगितालाई तीन भागमा विभाजन गरेको हो । मोफसल फुटबल प्रतियोगितालाईे व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि यो नियमावली ल्याएको एन्फाले जानकारी दिएको छ ।

एन्फाको मोफसल फुटबल प्रतियोगिता नियमन नियमावलीको दफा–१ मा भनिएको छ, ‘मोफसलमा आयोजना हुने प्रतियोगितालाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरिएको छ । ‘क’ वर्गमा पर्नका लागि ५ वर्ष, ‘ख’ वर्गमा पर्नका लागि ३ वर्ष र ‘ग’ वर्गमा पर्नका लागि तीन वर्ष भन्दा कम समयाअवधिको प्रतियोगिता हुनु पर्नेछ ।’

त्यस्तै, ‘क’ र ‘ख’ वर्गमा पर्नका लागि समान १०–१० टिम सहभागी हुनुपर्ने भनिएको छ भने ‘ग’ वर्गको प्रतियोगिताको लागि ८ वटा टिम समावेश हुनुपर्ने नियम बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment