+
+
Shares

प्रहरीको लाठी लागेर अनेरास्ववियू संयोजक ऐन महर घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १८:४३

१८ भदौ, काठमाडौं । प्रहरीको लाठीले लागेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका  संयोजक ऐन महरसहितका नेताहरु घाइते भएका छन् ।

बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन् । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घटना भएको बताए ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गरी ऐन महर नेतृत्वको टोलीले पटक पटक परिचय दिँदादिँदै पनि बहुलठ्ठिपूर्ण ढंगबाट दमन कुटपिट र ज्यादती गरेको भन्दै भर्त्सना गरेका छन् ।

उनले आक्रमणमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन् । यस विषयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई पनि ध्यानाकर्षण गराउने अनेरास्ववियूले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?