 
																			१८ भदौ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट चार थान हतियारसहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र जिल्ला प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले एक पेस्तोल, एक सिक्सर, दुईवटा कटुवा र केही गहनासहित तीन जनालाई पक्राउ गरेको जानकारी दिए । तर, उनीहरुको परिचय खुलाउन भने उनले मानेनन् ।
प्रहरी उपरीक्षक गिरीले अनलाइनखबरसँग भने, ‘हामी अनुसन्धानकै क्रममा छौं, अहिले जानकारी दिन मिल्दैन ।’ सकेसम्म आजै साँझ पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने कोसिस गरिरहेको उनले बताए ।
पक्राउ परेकाहरुको साथबाट केही गहनाहरुसमेत बरामद भएको भनिए पनि परिमाण पनि खुलाइएको छैन । सबै जानकारी पत्रकार सम्मेलनमार्फत् दिने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4