Comments Add Comment

बैठक कोठा सजाउँदा नगरौं यस्ता गल्ती

घरका हरेक कोठा सुन्दर र आकर्षक हुनु अति नै आवश्यक हुन्छ । सुन्दर घरले तपाईंको व्यक्तित्व पनि झल्काइरहेको हुन्छ । त्यसैले घरलाई सुन्दर बनाउनाले अरुलाई तपाईंको कस्तो व्यक्तित्व छ भन्ने कुरा थाहा हुन्छ ।

आज-भोलि कुन कोठा कसरी सजाउने भन्ने बारेमा इन्टेरियर डिजाइनरहरुले पनि बताइरहेका हुन्छन् । गुगलमा सर्च गरेर पनि घरको हरेक कोठाको सजावट बारेमा जानकारी लिन सकिन्छ । तर, कोठा सजाउने भनेर जस्तो पायो त्यस्तै गरी सजाउनाले भद्दा देखिन्छ ।

घरका सबै कोठाहरुको आफ्नै महत्व हुन्छ । त्यसमा पनि बैठक कोठा त घरको अभिन्न अंग हो । यसको सजावट गर्दा विशेष ध्यान दिनु आवश्यक छ । बैठक कोठा सजाउँदा हामी आफ्नो इच्छाको बारेमा मात्र सोच्छौं, जसका कारण बैठक कोठा सजाउँदा हुने गल्तीहरुको बारेमा हाम्रो ध्यान नै जाँदैन । बैठक कोठा सजाउँदा स-साना गल्तीहरुको बारेमा ध्यान दिनु आवश्यक छ । बैठक कोठा सजाउँदा ध्यान दिनु पर्ने केही कुराहरु यस्ता छन् :

लाइटिङमा ध्यान दिनु पर्छ

यदि लाइटिङ सही तरिकाले भएन भने बैठक कोठाको सम्पूर्ण सजावट बिग्रन्छ । कोठाको हरेक भागमा प्रकाश फैलिएको छ कि छैन भन्ने कुरा निश्चित हुनु पर्छ । बैठक कोठामा एउटामात्र लाइट माथि झुन्ड्याइदिनुले कोठाको सजावट पूरा हुँदैन ।

सही रंगको छनौट

तपाईंको कोठाको आकार र बनावटअनुसार कोठाको रंग मेल खाने हुनु आवश्यक हुन्छ । रंगको छनौट गर्दा सावधानीपूर्वक गर्नु पर्छ । तपाईंको कोठा सुन्दर र आकर्षक देखिन रंगको महत्वपूर्ण भूमिका हुन्छ ।

फर्निचरको स्थान

कोठामा राखिएका फर्निचर सही स्थानमा राखिएको छ कि छैन भन्ने कुरा पनि सुनिश्चित हुनु पर्छ । गलत स्थानमा टेलिभिजन राख्नु पनि घरको सजावटमा हुने सामान्य गल्तीहरुमध्ये एक हो । कहिले पनि सोफालाई भित्तामा टाँसेर राख्नु हुँदैन । सोफालाई भित्तामा टाँसेर राख्दा कोठा ठूलो त देखिन्छ, तर त्यसले तपाईंको बैठकको सजावट नराम्रो देखिन्छ ।

गाढा रंगको भित्ता

भित्तामा गाढा रंग लगाउनाले तपाईंको बैठक सानो र नराम्रो देखिन्छ । यदि तपाईंलाई बैठकमा गाढा रंग लगाउने इच्छा छ भने कुनै एक भित्तामा गाढा रंगको प्रयोग गरेर बाँकीमा हल्का रंग प्रयोग गर्न सकिन्छ । यदि तपाईं कुनै गाढा रंग प्रयोग गर्न चाहानु हुन्छ भने त्यसको प्रयोग कुनै एउटा भित्तामा गर्नु पर्छ र बाँकी भित्तामा हल्का रंग लगाउनु पर्छ ।

आर्ट ग्यालरी

बैठक कोठालाई आर्ट ग्यालरी जस्तो अस्तव्यस्त बनाउनु एउटा आम गल्ती हो, जसलाई प्रायः मानिसहरुले गरिरहेका हुन्छन् । त्यसैले बैठक कोठामा थोरै फर्निचरको प्रयोग गर्नु पर्छ र त्यसलाई राम्ररी व्यवस्थित गर्नु पर्छ ।

पर्दामा पनि ध्यान दिनु पर्छ

झ्यालको लम्बाइ जत्रो पर्दा अहिले फेसनभन्दा बाहिर गैसकेको छ । त्यसैले बैठक कोठामा भुइँसम्म छुने पर्दाको प्रयोग गर्नु पर्छ । पर्दाको झुण्ड्याउने रडलाई झ्यालभन्दा केही माथि राख्नु पर्छ । यसले तपाईंको बैठक कोठा विशाल तथा आकर्षक देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment