Comments Add Comment

विश्वकप छनोट : नेपाल कुवेतसँग ७–० ले पराजित

Photo Credit : onlinekhabar/file

२० भदौ, काठमाडौं । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको छ ।

गएराति कुवेतस्थित अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो । तर, नेपालले एक गोल पनि फर्काउन सकेन ।

फिफा वरियतामा नेपालभन्दा कुवेत चार स्थान माथि छ । तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन ।

यस्तो छ नेपाल-कुवेत प्रतिस्पर्धाको इतिहास

नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १–० गोलअन्तरले हारेको थियो ।

हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये पाँच खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी एक खेल बराबरीमा सकिएको थियो ।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५–० गोल अन्तरले पराजित भयो ।

त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८–० गोल अन्तरले पराजित भएको थियो । सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो । त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment