+
+
Shares

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुनपर्छ : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १२:०९

२० भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरेका छन् । उनले छिट्टै प्रदेश ३ को प्रदेश सभाले स्थायी राजधानी हेटौडा तोक्ने विश्वास पनि व्यक्त गरे ।

चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राजधानीका लागि आवश्यक सबै पूर्वाधार भएकाले हेटौंडालाई राजधानी बनाउनु जिकिर गरे ।

‘प्रदेश ३ को स्थायी राजधानीका लागि हेटौंडासँग सबै पूर्वाधार भएकाले संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रूपमा मैले हेटौंडा राेजेकाे थिएँ’, थापाले भने, ‘अब स्थायी राजधानी पनि यसैलाई बनाउनु पर्छ ।’

अध्यक्ष थापाले सुर्खेतमा गाई हत्या गरिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न सरकारसँग पुनः माग गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?