Comments Add Comment

रेष्टुराँको बिलले बिग्रियो बर्थडे पार्टी

हरेक व्यक्ति आफ्नो जन्मदिनलाई विशेष तरिकाले सेलिब्रेट गर्न चाहन्छ । बलिउड अभिनेता ऋषि कपूरले पनि आफ्नो ६७ औं बर्थडे विशेष रुपमै मनाउन चाहेका थिए । बिडम्वना, उनको जन्मदिनको सेलिब्रेसन खराब भयो ।

वास्तवमा, आफ्नो यो विशेष दिनमा ऋषि आफ्नी श्रीमती नीतू कपूरसंग अमेरिकाको एउटा रेस्टुरेन्टमा खाना खान गाए । तर, उक्त रेस्टुरेन्टमा खाना यति महंगो थियो कि ऋषि कपूरको दिमाग नै खराब भयो ।

रेस्टुरेन्टलाई ओभर रेटेड बताउँदै ऋषिले एउटा ट्वीटमार्फत आफ्नो रिस पोखेका छन् । अभिनेताले लेखेका छन्-‘बर्थडेको दिन नीतूसंग डेनियल रेस्टुरेन्टमा डिनर गर्न गएको थिएँ, तर म निकै निराश भएँ । यो रेस्टुरेन्ट निकै नै ओभर रेटेड रहेछ, निकै नै महंगो र निकै नै रुखो पनि । म यो रेस्टुरेन्ट जानका लागि तपाईंहरु कसैलाई पनि सिफारिस गर्दिन ।’

ऋषिको उक्त ट्वीटपछि एक जना व्यक्तिले उनलाई आफ्नो घरमा आएर खाना खाने प्रस्ताव राखेका छन् । रोहित नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्-‘हाम्रो घरमा आउनु होस्, विश्वकै उत्कृष्ट खाना खुवाउने छौं । हामी वाचा गर्छौं, हामी यति राम्ररी तपाईंहरुको आतिथ्यता गर्नेछौं, जुन कुनै पनि रेस्टुरेन्टले गर्न सक्दैनन् ।’

ऋषिले हिजो मात्र आफ्नो ६७ औं बर्थडे मनाएका हुन् । उक्त अवसरमा उनलाई बलिउडका थुप्रै सेलिब्रेटीहरुले जन्मदिनको शुभकामना दिएका छन् । एक वर्षदेखि अमेरिकामा रहेका ऋषि कपूर केही दिनपछि नै स्वदेश फर्किंदै छन् । उनी क्यान्सरको उपचारका लागि करिव एक वर्ष अमेरिकामा रहेका हुन् । उनी अहिले पूर्ण स्वस्थ भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment