२० भदौ, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमका कप्तानरोहित कुमार पौडेलले श्रीलंकाविरुद्ध अर्धशतक बनाउनबाट तीन रनले चुकेका छन् ।
एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकाविरुद्ध कप्तान रोहित ४७ रन बनाएर क्याच आउट भए । रोहितले ८० बलको सामना गर्दै एक चौका मात्रै प्रहार गरे ।
तर नेपालको पारी सम्हाले । उनले ओपनर रित गौत्तमसँग मिलेर ९१ रनको साझेदारी गरे । नेपालका लागि भने रित गौत्तमले ५४ रन बनाएर आउट भए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले ९ ओभरको क्षतिमा दुई विकेटको क्षतिमा ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । नेपालका लागि दुई ब्याट्सम्यान सस्तैमा समेटिएका थिए । आशिफ शेख ७ रनमा आउट हुदा पवन सर्राफ चार रनमा आउट भएका थिए । वर्षाको कारण खेल ४२ ओभरमा छोट्याइएको छ ।
रोहित आउट भएसँगै नेपाली पारी धराब बनेको छ । रोहितपछि हरिबहादुर चौहान १२ रनमा रनआउट भए भने भीम शार्की पनि एक रनमा एल्बीडब्लु आउट भए ।
३७ ओभरको खेल सकिदासम्म नेपालको ६ विकेटको क्षतिमा १४० रन भएको छ ।
नेपाल रहेको समूह ‘बी’ मा आयोजक श्रीलंकासँगै बंगलादेश र यूएई रहेका छन् । आजै अर्को खेलमा बंगलादेश र यूएईबीच पनि प्रतिस्पर्धा हुदैछ ।
प्रतिक्रिया 4