Comments Add Comment

टान अध्यक्षमा प्रजातान्त्रिक प्यानलका सुवेदी निर्वाचित

महासचिवमा थापा समूहकी सरिता लामा विजयी

२१ भदौ, काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वामपन्थी समूहका अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी अध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ र थापाले ४३८ मत पाएका छन् ।

सुवेदी र थापाले प्यानलसहित उम्मेदवारी दिएका थिए । महासचिव पदमा थापा समूहकी सरिता लामा विजयी भएकी छन् । उनले निकटम प्रतिद्वन्द्वी कर्मा शेर्पालाई १३ मतले पराजित गरिन् ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रति प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा थापा समूहकी ङमिादिकी शेर्पा निर्वाचित भएकी छन् ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना र सुवेदी समूहका चार जना निर्वाचित भएका छन् । थापा समूहबाट ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ निर्वाचित भएका छन् । यसैगरी सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिले जनाएको छ ।

एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment