Comments Add Comment

केनको ह्याट्रिकमा इंग्ल्यान्डको सहज जित

Photo Credit : यूईएफए

२२ भदौ, काठमाडौं । इंग्ल्यान्डले युरो कप छनोट फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति आफ्नै मैदानमा भएको खेलमा इंग्ल्यान्डले बुल्गेरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गर्दा रहिम स्ट्रर्लिङले एक गोल थपे ।

खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्दा बुल्गेरियाले भने एक गोल पनि गर्न सकेन ।

४९ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै कप्तान केनले इंग्ल्यान्डलाई २–० गोलको अग्रता दिलाए । ५५ औं मिनेटमा भने रहिमले गोल गर्दै ३–० मा पुर्‍याएका थिए । खेलको ७३औं मिनेटमा इंग्ल्यान्डले दोस्रो पेनाल्टी पायो । योपटक पनि पेनाल्टी केनले नै प्रहार गरे । पेनाल्टीका सही सदुपयोग गर्दै केनले ह्याट्रिक गोल पूरा गर्दा इंग्ल्यान्डले ४–० गोलको सहज जित निकालेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment