Comments Add Comment

तरुण दलका महासचिवले भने–कांग्रेसको जागरण अभियान नौटंकीमात्र

२२ भदौ,काठमाडौं । कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पार्टीले देशव्यापी रुपमा शुरु गरेको जागरण अभियानलाई नौटङ्की भन्दै भण्डाफोर गरेका छन् ।

शाहीले आइतवार प्रेस विज्ञप्तिमार्फत जागरणमा जानुभन्दा अगाडि तरुण दल र नेविसंघलाई पूर्णता दिन कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनले भातृ संस्थको केन्द्रीय कार्य समिति विस्तारसम्म गर्ने नसक्ने गैरजिम्मेवार नेतृत्वबाट जागरणको डंका फुक्नुको औचित्य नहुने भनेका छन् ।

शाहीको विज्ञप्तिमा भनिएको छ ‘तरुण दललाई ४ जनामा सीमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय हो । केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाउमा गएर जागरण गर्छु भन्नू नौटङ्की मात्र हो ।

उनले भातृ संस्थाको बेहाल पार्ने र युवाहरुको भविष्यलाई चौपट पार्ने पार्टीको लाचारीपनप्रति आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment