+

उज्वेकिस्तानसँग नेपाली चेली स्तब्ध

२०७६ भदौ  २३ गते १४:१० २०७६ भदौ २३ गते १४:१०
उज्वेकिस्तानसँग नेपाली चेली स्तब्ध

२३ भदौ, काठमाडौं । नेपालले नदेज्दा कप महिला फुटबलमा उज्वेकिस्तानसँग हार ब्यहोरेको छ ।

आज भएको आफ्नो दोस्रो खेलमा नेपालले उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको हो । पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप अर्को गोल खादै पराजित भएको हो ।

खेलको ३४औं मिनेटमा नेपालविरुद्ध उज्वेकिस्तानले गोल गर्दै अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्दै थप एक गोल गर्दै २–० गोलको जित निकालेको हो ।

आयोजक राष्ट्र किर्गिस्तानलाई आइतबार नेपालले ८–२ गोलको फराकिलो जित निकालेको थियो । किर्गिस्तानविरुद्धको जस्तो राम्रो प्रदर्शन भने नेपालले गर्न सकेन । अब नेपालले अन्तिम खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितालाई नेपालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीको रुपमा लिएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय