Comments Add Comment

इन्द्रजात्रा हेर्न ४८ जना विदेशी प्रतिनिधि आउने

५ करोडको अक्षयकोष बनाउने तयारी

Photo Credit : अनलाइनखबर फाइल

२३ भदौं, काठमाडौं । यस वर्षको इन्द्रजात्रामा विभिन्न देशका पाँच मेयरसहित ४८ जना विदेशी प्रतिनिधिले भाग लिने भएका छन् । काठमाडौंको सांस्कृतिक पर्वको रुपमा रहेको इन्द्रजात्रामा पहिलोपटक यसरी विदेशीहरुलाई निम्त्याइएको हो ।

सोमबार बिहान नेवाः जागरण मञ्चको आयोजनामा इन्द्रजात्रा व्यवस्थापन समिति र इन्द्रजात्रासँग सम्बन्धित विभिन्न समूहहरूको छलफलमा मेयर शाक्यले यसको जानकारी दिएका थिए ।

‘विगतका वर्षमा इन्द्रजात्रा राष्ट्रिय पर्वका रुपमा मात्र मनाउने गरिएको थियो,’ मेयर शाक्यले भने, ‘यो पटक हामीले इन्द्रजात्रालाई अन्तराष्ट्रिय स्तरमा पनि पहिचान गराउने अवसर प्राप्त गरेका छौँ । पर्यटन वर्ष २०२० नजिक रहेका बेला अन्तर्राष्ट्रिय पाहुनाहरु इन्द्रजात्राको अवलोकनका लागि आउनु सकारात्मक हो ।’

मेयर शाक्यले महानगरपालिकाले पनि यो पर्वलाई विशेष महत्व दिएको बताए । ‘अन्तर्राष्ट्रिय पाहुना समेत इन्द्रजात्रा अवलोकनका लागि आउने भएकाले जात्रा सभ्य र भव्य रुपमा मनाई हाम्रो सभ्यताको परिचय दिन हामी सबै लाग्नुपर्छ,’ मेयर शाक्यले भने ।

उनले इन्द्रजात्राका लागि अक्षयकोष बनाउन समेत पहल भइरहेको उल्लेख गरे । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत रुची लिएको भन्दै उनले हाल ५ करोडको कोष बनाउने तयारी भैइरहेको जानकारी दिए ।

सो छलफलपछि इन्द्रजात्रालाई असर गर्ने गरी कुनै पनि राजनीतिक वा अन्य गतिविधि नगर्ने प्रतिवद्धता सहित सार्वजनिक अपिल गरिएको छ । उक्त अपिलमा मेयर शाक्य लगायत इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्य र लाखे, पुलुकिसि, श्रीकुमारी, श्री गणेश, श्री भैरव, श्री हल्चोक आकाश भैरव आदिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment