Comments Add Comment

एसिड आक्रमणमा परेकी मुस्कानलाई भेट्न अस्पताल पुगे मुख्यमन्त्री राउत

सबै उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

२२ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेटेका छन् ।

खातुन र उनका आमाबुवालाई भेट्न मुख्यमन्त्री राउत कीर्तिपुर अस्पताल पुगेका थिए । उनले चिकित्सकहरुलाई भेटेर खातुनको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका छन् ।

उनले खातुनको उपचारमा कुनै कमी हुन नदिने बताए । प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान चलाइरहेको भन्दै उनले खातुनको उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका छन् ।

प्रदेश सरकारले तत्काल ५ लाख उपलब्ध गराएको बताउँदै उनले उपचारमा कुनै किसिमको कमी हुन नदिन अस्पताल व्यवस्थापनसँग आग्रह गरे । ‘५ लाखभन्दा बढी लागे पनि हामी तिर्छौं ’ मुख्यमन्त्री राउतले भने, ‘तर उपचारमा कुनै समस्या नहोस् ।’

यो पनि पढ्नुहोस पानी भनेर एसिड पिलाउने योजना विफल भएपछि मुस्कानमाथि एसिड प्रहार

मुख्यमन्त्री राउतले उपचार खर्च व्यहोर्ने लिखित पत्र आफ्नो कार्यालयबाट अस्पतालमा पठाउन लगाएका थिए ।

कक्षा ९ मा अध्ययनरत खातुनमाथि शुक्रबार स्कुल जाँदा गर्दा दुई जनाको समूहले एसिड आक्रमण गरेको थियो । एसिसले उनको अनुहार, छाती र हातमा घाउ लागेको छ ।

यो पनि पढ्नुहोस मुस्कानका पिताको माग : एसिड हान्नेलाई झुण्ड्याइयोस्

मुख्यमन्त्री राउतले मुस्कानका परिवारसँग एसिड प्रहार गर्नेलाई कडा कारबाही गर्ने प्रतिबद्वतासमेत जनाएका छन् ।

यसैबीच सामाजिक अभियन्ता बिटू मिश्रले संकलन गरेको ३९ हजार २ सय ८८ रुपैयाँ मुस्कानको परिवारलाई हस्तान्तरण गरिएको छ । मिश्रले काठमाडौंमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको उक्त रकम मुस्कानको परिवारलाई हस्तान्तरण गरिएको बताए ।

यो पनि पढ्नुहोस एसिड आक्रमणबारे संसदमा बहस : कानुन फितलो भयो, मत्युदण्डको सजाय राखौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment