+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पानी भनेर एसिड पिलाउने योजना विफल भएपछि मुस्कानमाथि एसिड प्रहार

एसिड प्रहार घटनामा संलग्न अर्का एक युवक पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७६ भदौ २० गते २०:३१

२० भदौ, वीरगञ्ज । वीरगञ्जमा शुक्रबार बिहान भएको एसिड प्रहारको घटनामा मुस्कानलाई सुरुमा पानी भनेर एसिड पिलाउने प्रयास भएको खुलासा भएको छ । मुस्कानले पिउन नमानेपछि उनीहरुले मुस्कानलाई एसिड प्रहार गरेका थिए ।

पहिला पानी भनेर एसिड पिउन लगाउन खोजिएको तर पिउन नमानेपछि छ्यापिएको जानकारी आफूलाई भतिजीले दिएको मुस्कानका ठूलो बुवा भुलन मियाँले बताए । मियाँले घटनापछि नारायणी अस्पतालमा मुस्कानसँग आफ्नो कुराकानी भएको बताए । ‘उनी विहानी कक्षामा अध्ययनका लागि एक्लै विद्यालय जाँदै थिईन, उनीहरु पूर्व योजनाका साथ एसिड लिएर आएका रहेछन्,’ उनले भने, ‘प्लाष्टिकको जगमा एसिड लिएर बसेका उनीहरुले मुस्कानलाई आउ पानी खाउ भनेका रहेछन्, तर उनले ‘मलाई पानी खानु छैन तपाईँको पानी तपाईँ नै खानुस’ भनी हिँड्न लाग्दा उनी माथि एसिड प्रहार गरेर उनीहरु भागे छन् ।’

एसिडले पोलेर मुस्कान रुन कराउन थालेपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेको र प्रहरीले उद्धार गरेर नारायणी अस्पताल पु¥याईएको थियो । नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि उनको थप उपचार किर्तिपुर अस्पतालमा भइरहेको छ ।

घटनामा संलग्न अर्का एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज छपकैयाबाट १६ वर्षीय माजिद आलम अपरान्ह पक्राउ परेका हुन् ।

यसअघि प्रहरीले शुक्रबार बिहानै एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगञ्ज–२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरेको थियो । मजिदले मुस्कानलाई मन पराउँथे । स्कुल जाँदा आउँदा बाटोमा उनलाई मजिद भेट्न आउने गर्थे । मुस्कानले मजिदको प्रेम प्रस्ताव अस्वीकार गरेपछि घटना घटाएको हुन सक्ने आशंका गरिएको छ । उनीहरुले घटना आफूहरुले नै एसिड प्रहार गरेकोे स्वीकार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले घटनामा संलग्न दुवै युवक पक्राउ परिसकेको र घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘घटनामा संलग्न दुवै युवकलाई पक्राउ गर्न सफल भएका छौँ,’ उनले भने, ‘अब घटनाबारे थप अनुसन्धान गर्छौ ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?