२४ भदौ, काठमाडौं । नेपालले विश्वकप फुटबल छनोटको दोस्रो चरणको दोस्रो अवे खेलमा मंगलबार चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।
ताइपे रंगशालामा नेपालले घरेलु टोली चाइनिज ताइपेसँग चार बजेर ५५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० गोलअन्तरले पराजित भएको नेपाललाई मंगलबारको खेल जित्नै पर्ने दबाब छ ।
प्रशिक्षक योहान कालिन र कप्तान किरण चेम्जोङले पनि चाइनिज ताइपेसँग अंक खोस्नकै लागि खेल्ने बताएका छन् । त्यसो त, गत जुनमा नेपालले चाइनिज ताइपेसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा नेपाल चाइनिज ताइपेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
यसअघि कुवेतलाई रोक्ने रणनीति बनाउँदै नेपालले ४–५–१ को फर्मेसनमा खेलेको थियो । तर यही रणनीति असफल हुँदा नेपालले ७ गोल खान पुग्यो । चाइनिज ताइपेसँग भने नेपालको रणनीति परिवर्तन हुन सक्ने प्रशिक्षक योहान कालिन बताउँछन् । यो चाइनिज ताइपेसँग भने नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेइङ इलाभेन
गोलकिपर : किरण चेम्जोङ (कप्तान)
डिफेन्डर : अनन्त तामाङ, देवेन्द्र तामाङ, सुमन अर्याल, रन्जित धिमाल
मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल
प्रतिक्रिया 4