Comments Add Comment

सर्वोच्चको फैसला अध्ययन गर्न बारले बनायो समिति

Photo Credit : फाइल तस्वीर

२४ भदौ, काठमाडौं । एनसेलको लाभकरबारे सर्वोच्च अदालतले गरेको फैसला अध्ययन गर्न नेपाल बार एशोसिएसनले समिति बनाएको छ ।

बारको केन्द्रीय समिति बैठकले वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको नेतृत्वमा समिति बनाएको छ । समितिमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल, गोपालकृष्ण घिमिरे, डा. चन्द्रकान्त ज्ञवाली र बारका कोषाध्यक्ष रुद्र पोखरेल छन् ।

फैसलाबारे विभिन्न टिकाटिप्पणी भएको, संसदमा महाअभियोग लगाउनुपर्नेसम्मका माग भएको र यसले सर्वोच्च अदालतकै छविमा आँच आउने अवस्था आएकाले समिति बनाउनु परेको बारले जनाएको छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ‘फैसलाका विषयमा चर्चा परिचर्चा भइरहेको छ । न्यायपालिकाको गरिमा कायम गर्न ती फैसलाका विषयमा अध्ययन गरेर वास्तविकता पत्ता लगाउन र बारको दृष्टिकोण तयार गर्नका लागि समिति बनाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment