+
+
Shares

म्याग्दीमा पढ्दा पढ्दै विद्यालय भत्कियो   

रासस रासस
२०७६ भदौ २४ गते २०:३६

२४ भदौ, गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । म‌ंगलबार दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो ।

दिउँसो अचानक कक्षा ६ को कोठाको गाह्रो (पर्खाल) भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागाभाग भए पनि कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले बताए ।

विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन सक्ने अवस्थामा रहेको बताइएको छ । कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रअ कार्कीले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?