Comments Add Comment

गुल्मीमा जीपको ठक्करबाट वडाध्यक्ष घाइते

२५ भदौ, गुल्मी । गुल्मीमा जीपको ठक्करबाट रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष घाइते भएका छन् ।

बा १८ च १०४४ नम्बरको जीपले ठक्कर दिँदा वडाध्यक्ष उदयबहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुँगा भन्ने स्थानमा जीपले थापालाई ठक्कर दिएको गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले जानकारी दिए ।

गुल्मी अस्पतालमा उपचारपछि थापालाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टेम्पोबाट खसेर महिला घाइते

यस्तै तम्घासमै टेम्पोबाट खसेर एक जना महिला घाइते भएकी छन् ।

रेसुङ्गा नगरपालिका–९ बाट तम्घास बसपार्क तर्फ आउँदै गरेको लु १ ह २४५१ नम्बरको टेम्पोबाट खसेर ५८ वर्षिय सेती सुनार घाइते भएकी हुन् ।

घाइते सुनारलाई पनि तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment