Comments Add Comment

कप्तान अंशुमानले छाडे हङकङ क्रिकेट टिम

२६ भदौ, काठमाडौं । हङकङ क्रिकेट टिमका कप्तान अंशुमान रथले हङकङबाट क्रिकेट खेल नखेल्ने भएका छन् ।

इमार्जिङ क्रिकेटका अनुसार २१ वर्षीय रथ अब हङकङको राष्ट्रिय जर्सीमा नदेखिने भएका हुन् । २०२० मा आयोजना हुने टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको लागि हङकङले टिमको घोषणा गर्दा रथ छैनन् ।

अंशुमानले भारतको राष्ट्रिय टिममा पर्ने लक्ष्य बनाएर हङकङ क्रिकेट छाडेको जनाएको छ । भारतीय मुलका खेलाडी अंशुमान रथले अबको सपना भारतीय क्रिकेटर भएर खेल्नु रहेको बताएका छन् । त्यस्तै, आफुलाई यो स्थानसम्म हङकङ क्रिकेट ल्याएको भन्दै खेलाडी, टिम, स्टाफ सबैलाई धन्यवाद दिएका छन् ।

हङकङ क्रिकेटमा अंशुमान कप्तान मात्र नभइ अनुभवि खेलाडी पनि हुन् । उनले १८ एक दिवसीय खेल खेलेका छन् । जसमा एक शतक र सात अर्धशतक सहित ८२८ रन बनाएका छन् । त्यस्तै, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले २० खेल खेलेका छन् भने ३२१ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment