Comments Add Comment

विश्व प्रेस काउन्सिलको महासचिवमा किशोर श्रेष्ठ चुनिए

२७ भदौ, काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् ।

उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो । श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफूलाई सर्वसम्मतिले जिम्मेवारी दिने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

‘यो विजय व्यक्तिगत रुपमा मेरो मात्र होइन, समग्रमा नेपालको सामूहित जित हो,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment