Comments Add Comment

संघीय सरकारले प्रदेश सरकार नभएजस्तो व्यवहार गर्‍यो : मुख्‍यमन्त्री शाही

२७ भदौ, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन् ।

उनले कर्मचारी समायोजनको काम तीन वटै तहमा भए पनि अपुग कर्मचारी पूर्ति गर्न सरकारले ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे ।

मुख्यमन्त्री शाहीले संघीय सरकारले प्रदेश र स्थानीय तह नभएजस्तो व्यवहार गरिरहेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तीनवटै तहको सरकार भएकाले उनीहरुबीचको बलियो सहकार्यमा मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताए ।

मुख्यमन्त्री शाहीले तीन वटै तहको प्रशासनिक संरचना निर्माणको कामलाई छिटो पूर्णता दिनुपर्ने आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment