Comments Add Comment

हुम्लामा जनप्रतिनिधिहरुलाई मनोपरामर्श

२८ भदौ, सिमकोट । पहिलोपटक हुम्ला जिल्लाभरिका जनप्रतिनिधिहरुलाई मनोविज्ञान सम्बन्धी शिविर सञ्चालन गरिएको छ । सकारात्मक सोच विकासका लागि काठमाडौंबाट आएका मनोबिश्लेषकको सहजिकरणमा यो शिबिर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन विभिन्न प्रकारका मनोरोगहरुको बारेमा मनोविश्लेषक बासु आचार्यले परामर्श दिएका थिए । मानिसहरुमा हुने डिप्रेशन, एन्जाइटीको समधान र ब्यबस्थापनका बारेमा उनले अवगत गराए । त्यसैगरी तनाबको ब्यबस्थापन कसरी गर्ने भन्ने विषयमा पनि आचार्यले टिप्स दिएका थिए ।

सामूहिक छलफलमा मनोरोग र यसको समाधानका उपायका बारेमा छलफल भएको शिविर सञ्चालक सिमकोट टाईम्सका कार्यकारी सम्पादक मधु बस्नेत शाहीले बताए । जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका सातवटा गाउँपालिकाका जनप्रतिनिधि, सिमकोट गाउँ कार्यपालिकाका सदस्य, उच्च प्रशासक, चिकित्सकहरु, प्रधानाध्यापकहरुको शिविरमा सहभागिता छ ।

जिल्लामै पहिलोपटक सञ्चालन भएको शिविरमा मनोरोगबाट बाहिर निस्कने उपायहरु पनि आचार्यले छलफलमा ल्याएका थिए । शिविरको दोस्रो दिन ब्यक्ति-ब्यक्तिले आफ्ना समस्याहरु सुनाउँदै मनोबिश्लेषक आचार्यसँग परामर्श गरेका थिए ।

यो सबै मानिसका लागि आबश्यक रहेको र यस्तो शिबिर बेलामा सञ्चालन गरिरहनु पर्ने जिल्ल्ा समन्वय समितिका प्रमुख दानबहादुर रावतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment