२९भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।
श्निबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा सन हेउयुङ मिनले दुई गोल गर्दा लामेलाले एक गोल गरे । त्यस्तै, एक गोल भने उपहार स्वरुप टोटनह्यामले पाएको थियो ।
खेलको १०औं मिनेटमा नै सन हेउयुङ मिनले गोल गर्दै टोटनह्यामलाई १–० गोलको अग्रता दिलाए । खेलको २१औं मिनेटमा क्रिष्टल प्यालेसका भान आनहोल्टले आत्मघाति गोल गरेपछि टोटनह्यामले २–० गोलको अग्रता लियो ।
त्यसपछि खेलको २३औं मिनेटमा सन हेउयुङ मिनले अर्को गोल गर्दै ३–० गोलको अग्रता दिलाए । खेलको ४२औं मिनेटमा लमेलाले गोल गरेपछि टोटनह्यामले क्रिष्टल प्यालेसलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
प्रतिक्रिया 4